Logo

सुर्तीजन्य बस्तुको खपत बढ्यो, ८ महिनामा १ अर्ब ८५ करोडको आयात

सुर्तीजन्य बस्तुको खपत बढ्यो, ८ महिनामा १ अर्ब ८५ करोडको आयात


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाली बजारमा सुर्तीजन्य बस्तुको खपत बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङक अनुसार चालू आर्थिक वर्षको पहिलो ८ महिनामा १ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको चुरोट तथा सुर्तीजन्य बस्तुको आयात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै ४० प्रतिशतले बढी हो ।

गत आवको सो अवधिकमा नेपालामा चुरोट तथा सुर्तीजन्य बस्तुको आयात घटेको थियो । सो अवधिमा आयातमा ५ दशमलव ६ प्रतिशतले घटेर १ अर्ब ३२ करोड रुपैयाँ बरावरको मात्र आयात भएको थियो ।

पछिल्लो समय नेपाली बजारमा चुरोट तथा सुर्तीजन्य बस्तुको आयात बढेपनि किन बढिरहेको छ भन्ने वारेमा जानकारी नभएको भन्सार विभागले जानकारी दिएको छ । ‘भन्सार विभागले बस्तु आयातमा लाग्ने शुल्क लिएर सामान छोड्छौं,’ उनले भने, ‘तर, नेपाल भित्रिएपछि कहाँ–कहाँ खपत हुन्छ सो विषयमा हामीलाई जानकारी हुँदैन ।’

सरकारले चुरोट तथा सुर्ती जन्य बस्तुको खपतमा कडाइ गर्दै लगेपनि आयात भने झन् बढेको तथ्याङ्कले देखाउँछ । केही समय यता ओरालो लागेको सुर्तीजन्य बस्तुको आयात यो वर्ष बढेको हो । नेपालमा सुर्ती जन्य बस्तुको कच्चा पदार्थ तथा तयारी बस्तु आयात हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL