Logo

विद्युत प्राधिकरणद्वारा २६७ ग्राहक कालोसूचीमा, धेरै बक्यौता नतिर्नेमा सरकारी कार्यालय अगाडी

विद्युत प्राधिकरणद्वारा २६७ ग्राहक कालोसूचीमा, धेरै बक्यौता नतिर्नेमा सरकारी कार्यालय अगाडी



काठमाडौं । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २ सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ । प्राधिकरणले लाइन काटेको ६ महिनासम्म पनि सम्पर्कमा नआएका उनीहरूलाई कालोसूचीमा राखेको हो ।

कार्यालयका अनुसार उनीहरूबाट ७६ लाख ७५ हजार २ सय ८१ रुपैयाँ उठाउन बाँकी रहेको छ । कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार आर्थिक वर्ष २०६४र०६५ सालदेखि कालोसूचीमा रहेका ग्राहकसमेत रहेका छन् । कालोसूचीमा पर्नेमा २ सय १५ गार्हस्थ्य ग्राहक रहेका छन् । औद्योगिक क्षेत्रका ४० ग्राहक, गैरव्यावसायिक छ वटा, व्यावसायिक दुई वटा, मन्दिर, पानी आपूर्र्ति, यातायात, सिँचाइ एकरएक वटा ग्राहक कालोसूचीमा रहेका छन् ।

कालोसूचीमा रहेका ग्राहकको तीनपुस्तेसहित सार्वजनिक सूचना निकालेर राखिएको उनले बताए । यस केन्द्रअन्तर्गत ६३ हजार ९ सय ४९ ग्राहक रहेका छन् । उनीहरूबाट ३७ करोड ६४ लाख ४४ हजार १ सय ३३ रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको छ । बक्यौता सबैभन्दा धेरै सरकारी कार्यालयको रहेको छ । कार्यालयको १३ करोड ७७ लाख ८२ हजार १ सय ५४ रुपैयाँ रहेको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्कअनुसार सडक बत्तीको ९ करोड ५८ लाख ८९ हजार ५ सय ३५ रुपैयाँ बक्यौता रहेको छ । व्यावसायिक भवनको १ करोड ५३ लाख ६२ हजार ३ सय ७८, गैरव्यावसायिक १ करोड २७ लाख ६ हजार ४ सय १९, औद्योगिक क्षेत्रको २ करोड ९९ लाख ४३ हजार छ सय ५६ रुपैयाँ बक्यौता रहेको छ ।

चालु आर्थिक वर्षमा वितरण केन्द्र भरतपुरले ९ सय ३ ग्राहकको लाइन काटिदिएको छ । उनीहरूबाट ३ करोड १२ लाख ९१ हजार ४ सय १६ असुली गर्नुपर्ने रहेको छ । तीमध्ये ८ सय ५२ जनाले पुनः जडान गरेका छन् । उनीहरूबाट २ करोड ७७ लाख ८३ हजार २ सय ३७ रुपैयाँ असुली गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL