काठमाडौं । समृद्धि फाइनान्सले मंसिर २८ गते बनेपामा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले बनेपा वडा न. ८ मा रहेको चैतन्य माध्यमिक बिधालयका बिधार्थीहरुलाई न्यानो लुगा वितरण गर्ने कार्यक्रम आयोजना गरेको थियो ।
यस कार्यक्रम अन्तरगत २६ जना बिधार्थीहरुलाई यस संस्थाका प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र चैतन्य माध्यमिक बिधालयका प्रधानाध्यापक निशादेवी मानन्धरको उपस्तिथिमा ज्याकेट वितरण गरिएको यस संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ ।
फाइनान्सले ३ महिनाको मुद्घति निक्षेपमा सर्वाधिक १३.००%, र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ ।
समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ६६ महिनामा पैसा दोब्बर हुने मुद्घति निक्षेप योजना र यसका साथ साथै फाइनान्सले ८ वर्ष ९ महिनामा पैसा तेब्बर, १२ वर्ष १० महिनामा पैसा पाँच गुणा र १६ वर्ष ६ महिनामा पैसा आठ गुणा हुने मुद्घति निक्षेप योजना पनि संचालनमा ल्याएको छ । फाइनान्सले हाल आठ ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ ।