काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर)को गण्डकी प्रदेश अध्यक्षमा वैभव पौडेल चयन भएका छन् । संघको विधानअनुसार गण्डकी प्रदेश अध्यक्षमा पौडेललाई चयन गरिएको संघले जानकारी दिएको छ ।
पौडेल नेपाल युवा उद्यमी मञ्चका पूर्वअध्यक्ष र पर्यटन व्यवसायी हुन् । प्रदेश अध्यक्ष पौडेलले संघले प्रदान गरेको जिम्मेवारी निर्वाह गर्दै गण्डकी प्रदेशमा चिनियाँ लगानी आकर्षित गर्ने तथा चिनियाँ पर्यटकको हब बनाउनेतर्फ आफु केन्द्रित रहने प्रतिबद्धता जनाएका छन् ।