काठमाडौं । सामसङ मोबाइलको दशैँ विशेष ‘यो वर्षको दशैँ उपहार डेल्ली टीभी, दामी कार’ अफरमा एकजना भाग्यशाली ग्राहक ‘रेनल्ट क्वीड’ जितेका छन् ।
गत अगस्टको २८ गतेदेखि सेप्टेम्बर ३० सम्म चलेको अफरमा २६ जना ग्राहकले एक–एक वटा ६५ इन्चको सामसङ टि भी पाएका छन् भने एक भाग्यशाली विजेताले बम्पर पुरस्कारमा रेनल्ट क्वीड जितेको कम्पनीले जनाएको छ । हालैमात्र एक कार्यक्रमकाबीच कम्पनीले विजेताहरूलाई पुरस्कार वितरण गरेको छ ।
तोकिएको समयावधिभित्र कुनै पनि सामसङको आधिकारिक आउटलेट वा इ-कमर्स साइटबाट सामसङको कुनै पनि स्मार्टफोन वा ट्याब्लेट खरिद गर्ने ग्राहकहरूलाई उपहार योजनामा सामेल गराइएको थियो । सो अवधिभर दैनिक बिजेताहरु हरेक हप्ता पी.ए.एन नेपालद्वारा सामसङको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणमा घोषित गरिएको थियो भने लटरी ५ सेप्टेम्बेरबाट सुरु हुँदै ५ हप्ता सम्म भएको थियो ।
सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने– ‘सर्वप्रथम त म सबै भाग्यशाली विजेताहरूलाई बधाई दिन चाहन्छु । सामसङले सँधै ग्राहकको कदर गर्दै उहाँहरूको लागि बर्षैभरी केहि न केहि नयाँ र रोमाञ्चक अफरहरु लिएर आइरहेको हुन्छ । यसैको निरन्ततास्वरुप यो योजना सञ्चालन गरेका हौँ । थप कम्पनीले नयाँ नयाँ प्रोडक्टसँगै ग्राहक केन्द्रित योजनाहरु ल्याउनेछ ।’