Logo

सामसङले ल्यायो विश्वकपका लागि ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ अफर

सामसङले ल्यायो विश्वकपका लागि ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ अफर



काठमाडौं( । इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले यो फुटबल सिजन लक्षित ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ अफर ल्याएको छ । सामसङले यो अफरमा सामसङको टिभिहरु खरिद गर्दा निःशुल्क इन्स्टलेसन र क्युएलईडी प्रिमियम युएचडि टिभिहरूको खरिदमा निःशुल्क साउन्डबारसहित ३०५ सम्म क्यासब्याक ग्यारेन्टी प्रदान गर्ने योजना ल्याएको छ ।

सामसङ टिभिहरूको उत्कृष्ट पिक्चर क्वालिटीले उपभोक्ताहरूलाई हरेक खेलमा साउन्डबारको कुनै कम्प्रमाइज बिना इमर्सिभ दृश्य प्रदान गर्दछ । जसले दर्शकहरूलाई विश्वस्तरीय साउन्डको अनुभव दिन्छ ।

ग्राहकहरूले आफुले छनोट गरिएका आउटलेटहरूबाट टिभि खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी, डिस्काउन्ट भोउचरहरूसहित विभिन्न लोकप्रिय रेष्टुरेन्टहरूमा स्वादिष्ट भोजनको आनन्द लिदै ठूला सामसङ टिभि स्क्रिनहरूमा फुटबल हेर्न सक्ने बताइएको छ ।

यसका साथै ग्राहकहरुले एक्सचेन्जमा उत्कृष्ट मूल्यांकन समेत प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ। जसका लागि थप देशभरका विशेष हिम इलेक्ट्रोनिक्स अन्तर्गतका सामसङ प्लाजाहरुद्वारा सुविधा प्रदान गरेको आर्कस्टोर डट कममार्फत एक्सचेन्ज गर्नुपर्नेछ । ‘एक्सपिरियन्स द एक्साइटमेन्ट’ यो अफर ३१ डिसेम्बर २०२२ सम्म मान्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL