काठमाडौं । मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा देखिने समस्यालाई समाधान गर्ने उद्देश्यले बिगत पाँच वर्षदेखि अध्ययन तथा अनुसन्धान गरी निर्माण गरिएको ओम्नीच्यानल सोलुशन फास्ट बैंकिङ्ग सार्वजनिक गरिएको छ । वुधबार होटेल र्याडिसनमा आयोजित फास्ट बैंकिङ्ग लन्च समारोहमा उक्त सेवा सार्वजनिक गरिएको हो ।
राष्ट्र बैंकका पदाधिकारीहरु, बैंक तथा बित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा डिजिटल बैंकिङ्ग र आइटी क्षेत्रसँग सम्बन्धित कर्मचारीहरु, भुक्तानी तथा फिनटेकका प्रतिनिधिहरु तथा मिडिया कर्मीहरूको सहभागितामा बैंकर्स एसोसिएसका अक्ष्यक्ष तथा कृषि विकाश बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले एपको अनावरण गरी शुरूवात गरेका थिए ।
स्मार्ट चोइस टेक्नोलोजिजका संचालक सान्तराज बतासले स्वागतमन्तव्यसँंगै कार्यक्रमको सुरुवात गरेका थिए । स्मार्ट चोइस टेक्नोलोजिजको संक्षिप्त विवरणसँगै फास्ट बैंकिङ्गको बारेमा विस्तृत जानकारी दिँदै कम्पनीका प्रमुखकार्यकारी अधिकृत नारायणप्रकास भुजुले बैंक तथा बित्तीय संस्थाले फास्ट बैंकिङ्गको सेवालिई डिजिटल बैंकिङ्ग एक्पिरियन्सलाई थप सुध्रिढ गर्दै नयाँ आयाम दिन सक्ने बताए ।
हाल बैंक तथा बित्तीय संस्थाहरुम ाप्रयोग भएको मोबाइल बैंकिङ्ग सेवा बिशेष गरी भुक्तानी तथा फन्ड ट्रान्सफरमा मात्र केन्द्रित रहेकाले बैंकिङ्ग सुबिधालिन अझै पनी बैंककै शाखामा नै धाउनु पर्ने बाध्यता रहेको परिस्थिति औल्याउँदै सो सो लुशनमा थप सुविधाहरुका साथ ओपन एपीआइमार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङ्ग मै जोड्न सकिने उनले जानकारी दिए ।
टेक्नोलोजी पार्टनर स्विफ्ट टेक्नोलोगीका प्रमुख कार्यकारी अधिकृत निरज ढुंगानाले फास्ट बैंकिङ्गको आन्तरिक संरचना तथा प्राबिधिक हिसाबले फास्ट बैंकिङ्ग अहिले बजारमा उपलब्ध मोबाइल बैंकिङ्गभन्दा कसरी सुदृढ, स्केलेबल र सुरक्षित छ भन्ने प्रकाश पारे ।
कार्यक्रममा मन्तब्य दिँदै ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आइएमइका प्रबन्ध निर्देशक हेमराज ढकालले भविष्यमा डिजिटल भुक्तानीको क्षेत्रमा अझै धेरै योगदान दिन तथा नविनतम सेवाहरु विस्तार गर्दै जान शुभकामना दिए । कार्यक्रमको अन्तमा स्मार्ट चोइस टेक्नोलोजिजका अध्यक्ष सुमन प्रोख्रेलले अनबरत रुपमा सम्पूर्ण देशको भुक्तानी क्षेत्र प्रबद्र्धनमा लागिरहने प्रतिबद्धता ब्यक्त गरे ।