Logo

प्रभु क्यापिटल र क्रिस्टल डाइग्नोस्टिकबीच छुटसम्बन्धी सम्झौता

प्रभु क्यापिटल र क्रिस्टल डाइग्नोस्टिकबीच छुटसम्बन्धी सम्झौता



काठमाडौं । प्रभु क्यापिटल र क्रिस्टल डाइग्नोस्टिकबीच छुटसम्बन्धी सम्झौता भएको छ । मंगलबार दुबै पक्षबीच प्रभु क्यापिटलका हितग्राहीका लागि विशेष छुट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार उक्त सम्झौता पश्चात् क्यापिटलका सबै हितग्राहीहरुले ल्याबको सम्पूर्ण सेवा सुविधामा २० प्रतिशत छुट पाउनेछन् भने आउटसोर्सिङ गरेको टेस्टमा ल्याबबाट १०% छुट पाउनेछन् ।

यो अफरबाट लाभ लिन हितग्राहीले आफ्नो प्रभु क्यापिटलको एप डाउनलोड गरी डिम्याट खाता लिङ्क गरेको देखाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL