Logo

हेटौँडा सिमेन्ट उद्योग १० वर्षपछि पूर्ण क्षमतामा सञ्चालन, दैनिक साढे ७ सय मेट्रिकटन सिमेन्ट उत्पादन

हेटौँडा सिमेन्ट उद्योग १० वर्षपछि पूर्ण क्षमतामा सञ्चालन, दैनिक साढे ७ सय मेट्रिकटन सिमेन्ट उत्पादन



काटमाडौं । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । ३ महिनापछि पूर्ण क्षमतामा सञ्चालनमा उद्योगले दैनिक ७ सय ५० मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको उद्योग प्रशासनले जनाएको छ ।

यसअघि उद्योगले ३ सयदेखि ४ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले उद्योगले १० वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सिमेन्ट उत्पादन सुरु गरेको जानकारी दिए ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि सिमेन्ट बिक्री वितरण सुरु गरिने उनको भनाइ छ । हाल सिमेन्ट प्याकिङ गर्ने कार्यसमेत सुरु भइसकेको छ । कोइलाको अभावको कारण विगत ३ महिनादेखि बन्द रहेको उद्योग २ हप्ता अघि सञ्चालनमा आएको हो ।

कोइला बिक्रेतासँग अनुरोध गरेर केही समयका लागि कोइलाको व्यवस्थापन गरी उद्योग सञ्चालनमा ल्याइएको उद्योग प्रशासनको भनाइ छ । भारत, भूटान र इण्डोनोसियालगायतका देशबाट कोइला आउन थालेपछि उत्पादन सुरु भएको हो ।

उद्योगले गरेको प्रारम्भिक अध्ययनबाट प्लान्ट मर्मतका लागि ८० करोडदेखि १ अर्ब र नयाँ प्लान्ट निमार्णका लागि ५ अर्बदेखि ८ अर्ब रुपैयाँ खर्च हुने देखिएको छ । उद्योगमा हाल २ सय १८ जना कर्मचारी छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL