Logo

१२ औं वार्षिकोत्सव मनाउँदै फूडमाण्डू, ग्राहकका लागि विभिन्न अफर र सुविधा घोषणा

१२ औं वार्षिकोत्सव मनाउँदै फूडमाण्डू, ग्राहकका लागि विभिन्न अफर र सुविधा घोषणा



काठमाडौं । नेपालकै पहिलो र सबैभन्दा ठूलो फूड डेलिभरी कम्पनी फूडमान्डूले आफ्नो १२ औं वार्षिकोत्सव मनाउँदै छ। सन् २०१० नोभेम्बर ११ मा आफ्नो प्रकारको पहिलो कम्पनी बनेर इतिहास रचेको फूडमाण्डू आजको दिनमा नेपालको प्रमुख अनलाइन फूड डेलिभरी सेवा प्रदायकको रूपमा स्थापित भएको छ। कम्पनी अहिले आफ्नो विभिन्न भर्टिकल्स सहितका नेपालका प्रमुख सहरहरूमा विस्तारको चरणमा रहेको छ।

“हामीले हाम्रो बाह्रौँ वार्षिकोत्सव मनाउँदै गर्दा हाम्रा सम्पूर्ण ग्राहक, साझेदार रेष्टुरेन्ट र अन्य सबै सरोकारवालाहरू प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं,” फूडमान्डूका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने। प्रत्येक वर्ष बित्दै गर्दा, हामी हाम्रा ग्राहकहरूको सुविधा र खुसीका लागि अझ बढी परिष्कृत र विकसित हुँदै गएका उनले भनाई छ ।

फूडमान्डूले उक्त अवसरमा विभिन्न अफर र गतिविधिहरू सन्चालन गर्ने योजना बनाएको छ। फूडमान्डूका ब्रान्ड र मार्केटिङ प्रमुख श्याम रत्न माली भन्छन्, “यो वर्ष हामीले उत्सव मनाउँदै गर्दा हामीलाई यहाँ सम्म आउन मद्दत गर्ने ग्राहकहरूलाई केन्द्रमा राखेर योजना बनाएका छौं।”

उनका अनुसार यसै क्रममा फूडमान्डूले एक दिनको लागि विशेष वार्षिकोत्सव छुटको रूपमा १२ प्रतिशत छुटको कुपन कोड सार्वजनिक गरेको छ। १२ औं वार्षिकोत्सवका प्रमुख आकर्षणहरूमा १२ दिनका लागि सहरका सबै भन्दा राम्रा ठाउँहरूबाट मात्र १२ रुपैयाँमा पाइने विभिन्न खानाहरू र कम्तीमा ४० प्रतिशत बचत गर्न सकिने एक हजार दुई सयको कम्बो खाना रहेका छ ।

प्रतिक्रिया दिनुहोस्
MBL