Logo

शौर्य सिमेन्टले ल्यायो ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल’ अफर

शौर्य सिमेन्टले ल्यायो ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल’ अफर



काठमाडां । शौर्य सिमेन्टले देश व्यापी रूपमा ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल’ अफर लिएर आएको छ। कार्तिक १५ देखि पौष ३० २०७९ सम्म लागु हुने यस योजना अन्तर्गत उपभोक्ताहरुले हरेक ५० बोराको खरिदमा १ प्रति कुपन प्राप्त गरी हातखाली नजाने रु ५०० देखि रु १०,००० सम्मको कुपन स्क्र्याच गरी नगद प्राप्त गर्न सक्ने छन्।

त्यसैगरी, ५० बोरा भन्दा बढीको खरिदमा, एक भन्दा बढी कुपन प्राप्त गर्दा, शून्य अङ्क उल्लेखित कुपन परेको खण्डमा आफ्नो अर्को कुपनमा भएको रकम पछाडि शून्य थप गरी रु १ लाख सम्म नगद प्राप्त गर्न सक्ने छन्।

उदाहरणका लागि : १०,०००+०=१,००,०००, यद्यपि सयौं संख्यामा (०) को कुपन भए पनि प्रत्येक कुपनमा एकपटक मात्र शून्य ९०० लाई पछाडि लगेर जोड्न मिल्नेछ। साथै उक्त रकममा शून्य ९०० थप गरिएको अवस्थामा कम्पनीको आधिकारिक व्यक्तिबाट निर्माण स्थल मै रकम प्रदान गरिनेछ।

शौर्य सिमेन्ट इण्डष्ट्रिजको सिराहा जिल्लाको मिर्चैयामा अवस्थित छ र ४३ ग्रेड ओपिसी, ५३ ग्रेड ओपिसी ,पिएस्सी र ५३ ग्रेड पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ। अन्तराष्ट्रिय स्तरको प्रोडक्सन प्लान्ट भएको शौर्य सिमेन्टले गुणस्तरमा एकरुपता कायम गरी द बेष्ट सिमेन्ट उत्पादन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL