Logo

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ भने लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण पारित समेत गरेको छ ।

साथै, सभाले आ.ब २०७७ /७८ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले गुराँस लाइफसहित युनियन लाइफ र प्राइम लाइफ एक आपसमा गाभ्ने -गाभिने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गरेको छ । मर्जरको लागि संचालक समितिले गरेको कामको अनुमोदन गरेको छ ।

सभाले कम्पनीको सम्पती दायित्व मुल्यांकन गर्नका लागि मूल्यांकनकर्ता, परामर्शदाता र लेखापरीक्षकहरु नियुक्ति, उनीहरुको पारिश्रमिक निर्धारण, एकआपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गर्नका लागि बीमाङकीय मूल्यांकनकर्ता नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

त्यसैगरी सभाले मर्जर कार्यका लागि सम्पूर्ण अख्तियारी संचालक समितिलाई जिम्मा दिने प्रस्ताव पारित गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७ दशमलव ४४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ३९१७१ प्रतिशत नगद लाभांशको प्रस्ताव लगायतका विविध प्रस्ताव अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL