Logo

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ मोवाइल एप सार्वजनिक, ग्राहक र अभिकर्ता दुबैले लाभ लिन सक्ने

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ मोवाइल एप सार्वजनिक, ग्राहक र अभिकर्ता दुबैले लाभ लिन सक्ने



काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोनका लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । इन्स्योरेन्सको प्रधान कार्यालय कमलादीमा आयोजित एक विषेश समारोहकाबीच इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मोवाइल एप्लिकेसनलाई डाउनलोड गरी उक्त एपलाई सार्वजनिक गरे ।

परिष्कृत र नयाँ सुविधाहरु सहित सार्वजनिक गरिएको मोबाइल एप्लिकेशन एप स्टोरबाट डाउनलोड गर्न सकिने छ । ग्राहक र अभिकर्ता दुबैले एउटै एप्लिकेशन मार्फत लाभ लिन सक्नेछन् ।

सर्वप्रथम एपलाई एप स्टोर वा प्ले स्टोरबाट डाउनलोड गरी आफ्नो रजिस्टर्ड फोन नम्बरको माध्यमबाट आफुलाई रजिस्टर गरि लग इन गर्न सकिने छ । आफू अभिकर्ता वा बिमित छनौट गरि आफ्नो प्रोफाइल एड गर्न सकिने छ ।

एप्लिकेसनमा एकै जनाको एक भन्दा बढी बीमालेख भएमा सबैलाई लिस्ट गर्न सकिने छ । आफ्नो बीमालेख प्रोफाइलमा एड गरे पश्चात आफ्नो बीमा सँग सम्बन्धित सम्पूर्ण जानकारी एकै ठाँउमा सरल तथा सहज तवरले प्राप्त गर्न सकिने कुरा इन्स्योरेन्सले जनाएको छ ।

साथै एपमा अन्य सुविधाहरुको रुपमा प्रिमियम हिसाब, बीमा योजनाको जानकारी, शाखा तथा उपशाखाहरूको स्थान तथा सम्पर्क नम्बर तथा यस इन्स्योरेन्सले सार्वजनिक गरेको जानकारी मुलक, तथा मनोरञ्जनात्मक श्रब्य दृश्य सामग्रीहरु पढ्न तथा हेर्न सकिने छ ।

हाल इन्स्योरेन्सले ल्याएको एपलाई समयानुकूल स्तरवृद्धि गर्दै ग्राहकलाई जीवन बीमा सम्बन्धी सम्पूर्ण सुविधाहरु चुस्त दुरुस्त तरिकाले एकद्वार नीतिको अबलम्बन गर्दै सेवा प्रवाह गर्ने प्रतिबद्धता नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।

प्रतिक्रिया दिनुहोस्