काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले सुनकोसी गाउँपालिका क्षेत्रमा बसोवास गर्ने जनताले सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीको सामाजिक उत्तरदायित्व अन्तरगत सो सहयोग गरिएको हो ।
यसैबीच सुनकोशी गाउँपालिका र एक एक पाइला फाउण्डेसन बीचको सहकार्यमा सञ्चालित ‘एक एक पाइला ठोकर्पा आधारभूत अस्पतालमा दाता सम्मान तथा अभिनन्दन कार्यक्रम’ एक समारोहका बीचमा सम्पन्न भएको छ ।
सुनकोशी गाउँपालिका वडा नं. १ का अध्यक्ष कुमार शाहीको मूख्य आतिथ्य तथा एक–एक पाइला फाउन्डेसनका अध्यक्ष डा.सुमनशम्सेर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो ।
उक्त परियोजनाबाट ठूलो संख्यामा सो क्षेत्र र आसपासका सर्वसाधारणहरू लाभान्वित हुने अपेक्षा गरिएको छ । सो समारोहमा अस्पताल व्यवस्थापनबाट आर्थिक सहयोग प्रदान गरे वापत कम्पनीका उपकार्यकारी प्रमुख प्रतापमान श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।