Logo

वर्ल्ड लिंकको समाजिक उत्तरदायित्व, महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

वर्ल्ड लिंकको समाजिक उत्तरदायित्व, महिला सशक्तीकरण कार्यक्रम सम्पन्न



काठमाडौं । वर्ल्ड लिंक कम्युनिकेसनले सिरहाको जनसेवा माविको सहकार्यमा महिला सशक्तीकरण सम्बन्धी कार्यशाला गोष्ठी एवं प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न गरेको छ । व्यवसायिक समाजिक उत्तरदायित्वअन्तर्गत वर्ल्ड लिंकले सो विद्यालयका चारसय ५० जना विद्यार्थीलाई तीन समूहमा राखेर महिला सशक्तीकरण सम्बन्धी प्रशिक्षण दिएको थियो । शुक्रवारसम्म चलेको सो गोष्ठीमा कक्षा–८ देखि १० कक्षासम्मका विद्यार्थीहरू सहभागी थिए ।

तराई मधेसका युवा युवतीमा सबभन्दा ठुलो समस्या भनेको बालविवाह हो । बालविवाहका कारण पढाइलाई निरन्तरता दिन नसक्ने अवस्था देखिएको वर्ल्ड लिंकले जनाएको छ । त्यहाँका बालबालिकामा यौन प्रजनन सम्बन्धी शिक्षाको पनि अभाव देखिएको कारण बालबालिकालाई शिक्षाको जनचेतनामार्फत जागरूक गराउन सानो प्रयास गरिएको वर्ल्ड लिंकका निर्देशक मनोज अग्रवालले बताए । छ दिनसम्म चलेको प्रशिक्षणमा यौन प्रजनन, आत्म रक्षा, आत्मविश्वास, महिला शिक्षालगायतका विषयमा बालबालिका प्रशिक्षण दिएको उनले बताए । आफ्नो रक्षा आफै कसरी गर्ने त्यस सम्बन्धी पनि प्रशिक्षकबाट प्रशिक्षण दिइएको थियो ।

समाजमा रहेका बालबालिकाको आत्मविश्वास कसरी बढाउन सकिन्छ, त्यसको बारेमा पनि प्रशिक्षण दिएको उनले बताए । यो प्रशिक्षणबाट बालबालिकामा आत्मविश्वास अवश्य बढेको बताउँदै उनले महिलाहरूलाई जनचेतनामार्फत कसरी माथि उकास्न सकिन्छ त्यसको बारेमा पनि प्रशिक्षकबाट जानकारी गराइएको उनले बताए । वर्ल्ड लिंकका अनुपा जलालको अध्यक्षतामा भएको समापन कार्यक्रममा विभिन्न वक्ताहरुले महिला सशक्तिकरणको विषयमा आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL