Logo

रियलमीद्वारा नेपालमा पहिलोपटक ८२८ फ्यान फेस्टिवल आयोजना

रियलमीद्वारा नेपालमा पहिलोपटक ८२८ फ्यान फेस्टिवल आयोजना



काठमाडौं । विश्वकै प्रख्यात स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा पहिलो पटक ८२८ रियलमी फ्यान फेस्टिभल आयोजना गर्यो । रियलमीको चौथो वार्षिकोत्सवको अवसरमा भाद्र १२, २०७९ गतेका दिन हात्तीवन रिसोर्टमा यो कार्यक्रम आयोजना गरिएको थियो ।

रियलमी ८२८ फ्यान फेस्टिभल आयोजना गर्नुको मुख्य उदेश्य रियलमी फ्यानहरूसँग अझ नजिक हुन र रियलमी परिवारलाई सामाजिक गतिविधिहरू जस्तै पदयात्रा र वातावरणीय सरसफाई अभियानमा संलग्न गराए ।

८२८ फ्यान फेस्टिभल रियलमी फ्यान र रियलमी परिवारसँग छोटो पैदल यात्रा र मनोरञ्जनका साथ दिनभर मनाइयो। कार्यक्रममा रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीको र हेनरी साथ रियलमी फ्यान र केही मिडिया व्यक्तित्वहरू सहभागी थिए ।

कार्यक्रमको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड, मुनिष गिरीले भने, “यो कार्यक्रम पूर्ण रूपमा रियलमी फ्यानहरूको लागि आयोजना गरिएको हो । रियलमी फ्यानहरूको यस्तो अन्तरक्रियात्मक कार्यक्रममा उपस्थिति हाम्रो लागि अत्यन्तै महत्त्वपूर्ण छ । हामीलाई आशा छ यस कार्यक्रममा उहाँहरुले रमाइलो गर्नु भयो होला । भविष्यमा पनि हामी यस्तै कार्यक्रमहरू आयोजना गर्ने वाचा गर्दछौं जहाँ हामी हाम्रा ग्राहकहरूको वास्तविक प्रतिक्रिया लिन सक्छौं । ”

यस कार्यक्रमको प्रमुख आकर्षण हाइकिङ, वातावरण सरसफाई र “फोटो अफ द डे” प्रतियोगिता रहेको थियो जहाँ समिन श्रेष्ठले फोटो प्रतियोगितामा रियलमी थिम युवा र एकताको विजेताको रूपमा रियलमी सी३० जित्न सफल भएका थिए । यसको साथै ८२८ विभिन्न खेलहरू, गिफ्ट ह्याम्पर प्रदान, प्रशंसापत्र, प्रमाणपत्र तथा सम्पूर्ण रियलमी परिवारसँग मायाको चिनो आदान प्रदान गरि मनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्