Logo

राउण्ड टेबल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित

राउण्ड टेबल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित



काठमाडौं । राउण्ड टेबल नेपालको २२ औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।

चितवनको नारायणघाटस्थित सिराइचुली होटलमा भएको साधारणसभाबाट उपाध्यक्ष नितेजकुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी, कोषाध्यक्षमा साकेत मुरारका र राष्ट्रिय सम्पादकमा निखिल बंशल चयन भए ।

निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत आनन्द बाहेतीले आफ्नो कार्यकालमा गरेका कामको बारेमा अवगत गराएका थिए । सो कार्यक्रममा जर्मनी, फ्रान्स, भारत, बंगलादेश लगायतका मुलुकबाट अतिथिहरू आएका थिए । साधारणसभामा देशभरबाट ४ सयभन्दा बढी सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL