Logo

लिटमस केबल्सको चाडपर्व अफर ‘वायरिङ दमदार, घर सानदार’

लिटमस केबल्सको चाडपर्व अफर ‘वायरिङ दमदार, घर सानदार’



काठमाडौं । लिटमस केबल्सले चाडपर्वलाई लक्षित गरेर “वाइरिङ दमदार, घर सानदार” अफर सार्वजनिक गरेको छ । उक्त अफरमा पाँच जना भाग्यशाली विजेताहरूले हरेक हप्ता भ्याकुम क्लिनर, एयर प्युरिफायर, मिनी रेफ्रिजरेटर, रेडमी नोट ११ प्रो, स्मार्ट वाच, इयरबड्स र ट्रिमर जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ५० हजार रुपैयाँको लिटमस केबल खरिद गरी बिलको फोटोसहित कम्पनीको ठेगानामा पठाउनु पर्नेछ । कार्तिक २५ गते दुई भाग्यशाली विजेताले फ्रिज, वासिङ मेसिन, ५५ इन्च टीभी र ल्यापटप जस्ता १० लाख बराबरका घरेलु उपकरणहरू जित्ने मौका पाउनेछन् ।

विजेताले जितेको पुरस्कार घोषणा भएको ३ देखि ५ दिन भित्र पाउने कम्पनीले जनाएको छ । उक्त पुरस्कारको वितरणबारे नजिकको डिलरमा जानकारी दिइने छ । यो योजन २० भदौदेखि २० कात्तिकसम्म २ महिनाको लागि मान्य हुनेक छ ।

प्रतिक्रिया दिनुहोस्
MBL