Logo

फोनपे ‘एक्सिलेक्स् इन फिनटेक इनोभेशन २०२२’ अवार्डबाट सम्मानित

फोनपे ‘एक्सिलेक्स् इन फिनटेक इनोभेशन २०२२’ अवार्डबाट सम्मानित



काठमाडौं । फोनपे पेमेन्ट सर्विस लिमिटेड भिसाको ‘एक्सिलेक्स् इन फिनटेक इनोभेशन २०२२’ अवार्डबाट सम्मानित भएको छ । भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स इनोभेशन फर डिजिटल नेपालको आयोजनामा भएको एक कार्यक्रममा फोनपेलाई सम्मानित गरिएको हो ।

यस कार्यक्रमा सहजीकरण भिसाका लागि नेपाल प्रमुखले गरेका थिए । कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाको उपस्थिती रहेको थियो । कार्यक्रममा डिजिटल नेपाल निर्माणमा योगदान दिन अन्य कम्पनीहरुलाई सम्मान गरिएको थियो ।

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर, हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन् ।

यस्तै फोनपेमा हालसम्म ७ लाख भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ४० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL