Logo

इसेवाले ल्यायो ‘मेरो यात्राको साथी’ अफर, टिकेटिङमा आकर्षक क्यासब्याक पाइने

इसेवाले ल्यायो ‘मेरो यात्राको साथी’ अफर, टिकेटिङमा आकर्षक क्यासब्याक पाइने



काठमाडौं । इसेवाले आशन्न विभिन्न चाडपर्वलाई लक्षित गर्दै ‘मेरो यात्राको साथी’ नामक अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत यात्रुहरुले यात्रा गर्दा विभिन्न सेवामा आकर्षक क्यासब्याक पाउनेछन् । अफरमा हवाईजहाज टिकेटिङ, बस टिकेटिङ, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाईजहाज टिकेटिङमा आकर्षक अफरहरु सामेल गरिएका छन् ।

यसका साथै यो सेवा प्रयोग गर्ने एक भाग्यमानी प्रयोगकर्ताले बम्पर उपहार स्वरुप नयाँ सुजुकी एभेनिस स्कुटर प्राप्त गर्न सक्ने इसेवाले जनाएको छ । यस अफर अन्तरगत पहिलो पटक हवाइजहाज टिकट खरिदकर्ताको लागिः थप ३% अथवा रु ३०० सम्म क्यासब्याक प्राप्त हुनेछ । जसका लागि प्रोमोकोड ‘नयाँ’ प्रयोग गर्नुपर्नेछ । यस्तै ३ वटा टिकट खरिद गर्दा थप रु १ सय ५० प्राप्त गर्न सकिनेछ । यसका लागि प्रोमोकोड थ्रिपावर उल्लेख गर्नुपर्नेछ ।

यस्तै इसेवा मार्फत भदौ १६ गतेदेखि एक महिनासक्म होटल बुक गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । इसेवा मार्फत होटल बुक गर्दा भदौ २२ र असोज १ गते १ बजेदेखि १ः३० बजेसम्म आधाघण्टाका लागि ५० प्रतिशत अथवा ४ हजारसम्म छुट प्राप्त गर्न सकिने जनाइएको छ ।

यस्तै भदौ १९, भदौ २२ र असोज २ गते बुक गर्दा एक भाग्यशाली जोडीले रु ५ हजार बराबरको होटलमा बस्न पाउनेछन् । यस्तै अफर अन्तरगत बसको टिकट काट्दा हरेक दिन एक जना व्यक्तिले २ सय प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यसैगरी अन्तराष्ट्र्रिय हवाइ टिकट खरिदमा हरेक आइतबार बेलुकी ४ देखि ५ बजेसम्म ५ प्रतिशत अतथा रु २५ सय सम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL