Logo

भिभो चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा, १९.८ प्रतिशत बजार हिस्सा

भिभो चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा, १९.८ प्रतिशत बजार हिस्सा



काठमाडौं । भिभो चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ । काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स रिपोर्टका अनुसार सन् २०२२ को दोस्रो त्रैमासिकमा १९.८ प्रतिशत बजार हिस्साको साथ पहिलो स्थानमा रहन सफल भएको छ ।

हाल भिभोले ६० भन्दा बढी देश र क्षेत्रहरूमा आफ्नो बिक्री नेटवर्कको शाखा विस्तार गरिसकेको छ र विभिन्न मूल्य दायरामा विश्वभरका ४०० मिलियन भन्दा बढी प्रयोगकर्ता रहेको कम्पनीले जनाएको छ ।

सन् २०२२ को दोस्रो त्रैमासिकको सेल्स परिणामको बारेमा कुरा गर्दै भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, ‘भिभोको विविध पोर्टफोलियोले ब्राण्डलाई आफ्नो नेतृत्व कायम गर्दै राम्रो बजार हिस्सा ओगट्न मद्दत गरेको छ । ब्राण्डले सकारात्मक सन्देश र नवीन क्षेत्रीय रणनीतिद्वारा यो गति हासिल गरेको हो । विशेष गरी युवा ग्राहकहरूबाट ब्राण्डले बजेट फेन्ड्ली खण्डमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL