Logo

सिजी ल्यान्डमार्कको तेस्रो वार्षिकोत्सव, ग्राहकलाई आकर्षक छुट

सिजी ल्यान्डमार्कको तेस्रो वार्षिकोत्सव, ग्राहकलाई आकर्षक छुट



काठमाडौं । चितवनको भरतपुरमा अवस्थित व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कले तेस्रो वार्षिकोत्सवको अवसरमा ग्राहकलाई आकर्षक छुटको व्यवस्था गरेको छ । ल्यान्डमार्कले यही साउन २७, २८ र २९ गते तीन दिनसम्म विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाउने तयारी गरेको छ भने सोही अवसरमा छुट पनि प्रदान गर्न लागिएको हो ।

जसअनुसार मनसुन फेस्टिभ अफर पनि सार्वजनिक गरिएको छ । अफरअन्तर्गत मलमा सञ्चालित विभिन्न सामानका आउटलेटहरुले आकर्षक छुट दिनेछन् । यस्तै वार्षिकोत्सवको अवसरमा सिजी ल्यान्डमार्कमा ग्राहक र आगन्तुकले गेम, डान्स, मेहेन्दी, लाइभ म्युजिक, फुडलगायतको मज्जा लिन पाउने प्रमुख कार्यकारी अधिकृत (सीईओ) उज्वल केसीले जानकारी दिए ।

केसीका अनुसार सिजी ल्यान्डमार्क चितवनमा विश्वविख्यात ब्रान्डका सामान एकै ठाउँमा पाइने गन्तव्य हो । यहाँ सुविधासम्पन्न होटल, रेस्टुरेन्ट, सिनेमा हल, सपिङ सेन्टर, सभा हललगायतका सुविधा उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL