काठमाडौं । विशेष साधारणसभा गरेर नेशनल हाइड्रो पावरको विवाद समाप्त भएको जानकारी दिएका छन् । आज आयोजित नेशनल हाइड्रोको विशेष साधारणसभामा एनबी समुहका जीतबहादुर श्रेष्ठ र निर्मल प्रधानले उक्त जानकारी दिएका हुन् ।
कार्यक्रममा जीतबहादुर श्रेष्ठले कम्पनीका संचालकबीच कुनै मतभेद नरहेको जानकारी दिए । अव कम्पनी सहज रुपमा अघि बढ्न समेत उनले बताए । त्यसैगरी, अर्का लगानीकर्ता निर्मल प्रधानले पनि यस अघि रहँदै आएको विवाद अन्त्य भएको घोषणा गरेका छन् ।
कम्पनीले आगामी दिनमा सेयर धनीलाई लाभांस दिने भन्दै तत्काल सेयर नबेच्न लगानीकर्तालाई सुझाएका छन् । हाल कम्पनीमा साधारण लगानीकर्ता पनि आएको र आगामी दिनमा स्वच्छ र पारदर्शी रुपमा चल्ने भएकाले लगानीकर्तालाई सेयर नबेच्न आग्रह गरेका हन् ।
यसैगरी संचालक समितिका अध्यक्ष कुमार पाण्डेले पनि कम्पनीमा अब विवाद नरहेको जानकारी दिए । साथै, आगामी दिन सवै लगानीकर्ता एक भएर अघि बढ्न घोषणा गरे ।