Logo

“नोकिया नेपाल इनोभेसन डे २०२२” सम्पन्न, नेपाललाई डिजिटल क्रान्तिको हिस्सा बनाउने लक्ष्य

“नोकिया नेपाल इनोभेसन डे २०२२” सम्पन्न, नेपाललाई डिजिटल क्रान्तिको हिस्सा बनाउने लक्ष्य



काठमाडौं ।  नोकियाले फिनल्याण्डको दूतवाससँगको सहकार्यमा “नोकिया नेपाल इनोभेसन डे २०२२” को आयोजना गरेको छ । नोकियाले शुक्रवार होटल मेरियटमा “नोकिया नेपाल इनोभेसन डे २०२२” को आयोजना गरेको हो ।

वि.स. २०१७ मा नोकियाले नेपालमा आफ्नो उपस्थिति गरेको थियो भने हाल १० लाखभन्दा बढी नेपाली घरहरुसम्म ग्राहक बनाउन सफल भएको छ । अब नेपालमा 5G को बनाउने र डिजिटल क्रान्तिको हिस्सा बनाउने लक्ष्य रहेको नोकियाले जनाएको छ । नोकियाले उच्च गुणस्तरीय सेवा, किफायती मोबाइल र फिक्स्ड ब्रोडब्यान्ड होभनेसाथ साथै हरेक कुनामा पुगि समाजको सेवाविहीन र असीम वर्गहरुलाई सशक्तिकरण गराउने जनाएको छ ।

नेपाल इनोभेसन डे कार्यक्रममा नोकियाले आवश्यकतालाई सम्बोधन गर्न र अभूतपूर्व स्तरमा मानिसहरु, व्यवसाय र मेसिनरीहरुलाई निर्बाध रुपमा जडान गर्न, नयाँसेवाहरु विकास गर्न र राजस्व चलाउने तरिकाहरु अन्वेषण गर्न विषय विशेषज्ञहरुलाई निम्त्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL