Logo

आइएमई पे एपको टपअपमा नयाँ क्यासब्याक अफर अद्याावधिक, एकजना भाग्यशाली बिजेताले ‘वान प्लस टेन प्रो’ प्राप्त गर्ने

आइएमई पे एपको टपअपमा नयाँ क्यासब्याक अफर अद्याावधिक, एकजना भाग्यशाली बिजेताले ‘वान प्लस टेन प्रो’ प्राप्त गर्ने



काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’को ‘आइएमई पे’ ले मोबाईल रिचार्जमा नयाँ अफर अद्यावधिक गरेको छ । डिजिटल भुक्तानीको लागि मुख्य रोजाइमा पर्दै आएको आइएमई पे एपले दैनिक उपभोग्य सेवाहरूको भुक्तानीको साथै अन्य सम्पूर्ण किसिमको भुक्तानी तथा पैसाको लेनदेन सरल बनाउँदै आएको छ ।

यसै सेवामा थप प्रवर्दन गर्ने मुख्य उद्देश्यका साथ आइएमई पेले मोबाईल रिचार्जमा थप २ प्रतिशत क्यासब्याकको अफर ल्याएको छ । आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाईल नम्बरमा टप–अप गर्दा ५% क्यासब्याक पाउने सुविधा थियो । यस अफरको साथ अब सेवाग्राहीहरुले आइएमई पे एपबाट कुनै पनि मोबाईल नम्बरमा टप–अप गर्दा २% क्यासब्याक पनि पाउनेछन् ।

यस क्यासब्याक अफरलाई अझ रमणिय बनाउन कम्पनीले एक जना भाग्यशाली बिजेतालाई यस अभियानको पहिलो महिनामा ‘वान प्लस टेन प्रो’ स्मार्टफोन पनि उपलब्ध गराउने बताएका छन् । सोको निम्ती सेवाग्राहीले महिना भरी कम्तीमा रू. ५० को १० टप–अप गर्नु पर्ने नियम तथा सर्त कम्पनीले प्रस्टाएका छन् ।

आइएमई डिजिटल सोलुसन लिमिटेडका बारेमा

झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले ‘ आईएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता हो ।

प्रतिक्रिया दिनुहोस्
MBL