Logo

प्रभु क्यापिटलले ल्यायो १ लाखसम्म जित्न सकिने अफर, छठ पर्वसम्म सञ्चालन हुने

प्रभु क्यापिटलले ल्यायो १ लाखसम्म जित्न सकिने अफर, छठ पर्वसम्म सञ्चालन हुने



काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले हितग्राही सदस्यका लागि नयाँ अफर ल्याएको छ । जसअनुसार यही साउन महिनादेखि शुरु भएको चाडपर्वलाई लक्षित गर्दै ‘प्रभु क्यापिटल क्यास्टिभल अफर’ ल्याएको छ ।

यो योजना साउन महिना देखि कार्तिक महिनाको छठ पर्वसम्म सञ्चालन हुने कम्पनीले जनाएको । यस अफर अन्तर्गत प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्ने हितग्राहीले रु. १ लाखसम्म जित्नसक्ने कम्पनीले जनाएको छ ।

योजनामा सहभागी हुन ग्राहकले आफ्नो मोबाइलमा प्रभु क्यापिटलको एप डाउनलोड गर्नुपर्नेछ र सो मा रजिस्टर गरी आफ्नो डिम्याट खाता लिंक वा कनेक्ट गर्नुपर्नेछ ।

यो अफरमा मासिक रुपमा ३ जना विजेताले रु ५०००, ३०००, २००० जित्न सक्नेछन् भने बम्परमा १ लाख जित्न सकिने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL