Logo

आइएमई मोटर्सद्वारा विपद् सामूहिक उद्धार वाहन हस्तान्तरण, ठूला दुर्घटनामा हुने जनधनको क्षतिलाई कम गर्न सहयोग पुग्ने

आइएमई मोटर्सद्वारा विपद् सामूहिक उद्धार वाहन हस्तान्तरण, ठूला दुर्घटनामा हुने जनधनको क्षतिलाई कम गर्न सहयोग पुग्ने



काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लीद्वारा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् सामूहिक उद्धार वाहन हस्तान्तरण गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको संयुक्त आयोजनामा आयोजित एक विशेष कार्यक्रमकाबीच आइएमई ग्रुपका अध्यक्ष एवम नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अत्याधुनिक ८ वटा वाहन माननीय गृहमन्त्री बालकृष्ण खाँणलाई हस्तान्तरण गरेका हुन् । माननीय मन्त्री खाँणले अत्याधुनिक उक्त ८ वटा वाहन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई पुनः हस्तान्तरण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै माननीय गृहमन्त्री बालकृष्ण खाँणले नेपालको निजी क्षेत्रबाट भइरहेका प्रयासको स्मरण गर्दै विपद्बाट बच्न विपद् हुनुअघि बाटै आवश्यक उपकरणहरू जुटाउन आवश्यक रहेको बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले नेपालको विपद् उद्धार प्रणालीमा यस प्रकारको पहिलो वाहन रहेको उल्लेख गर्दै मानिसहरूको जीवन बचाउन, ठूला घटनामा उद्धार गर्न, ठूला दुर्घटनामा हुने जनधनको क्षतिलाई कम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

यो अत्याधुनिक वाहनमा एकैपटकमा ६ जनालाई अस्पतालको सुविधासहित उद्धार गर्न सकिन्छ । यी वाहनहरूमा मिनी–अस्पताल प्रकारका उपकरणहरूले सुसज्जित छन् । त्यहाँ जीवन बचाउने आधुनिक उपकरणहरू महत्त्वपूर्ण हेरचाह सुविधाहरू छन्। यी ठूला एम्बुलेन्समा पोर्टेबल भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, ईसीजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, सीसीटीभी क्यामेरा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL