Logo

मर्जरमा जाने प्रभु इन्स्योरेन्सको निर्णय, सेयरधनीलाई अधिकतम प्रतिफल दिने लक्ष्य

मर्जरमा जाने प्रभु इन्स्योरेन्सको निर्णय, सेयरधनीलाई अधिकतम प्रतिफल दिने लक्ष्य



काठमाडौं । प्रभु इन्स्योरेन्सले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरूसँग एक आपसमा गाभ्ने–गाभिने तथा प्राप्ति गर्न सकिने निर्णय गरेको छ । इन्स्योरेन्सको बुधबार सम्पन्न विशेष साधारण सभाले सो निर्णय गरेको हो ।

‘कम्पनीको चुक्ता पूँजीवृद्धिका लागि भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरूसँग एक आपसमा गाभ्ने–गाभिने तथा प्राप्ति गर्न सक्ने तथा आवश्यकता अनुसार हकप्रद शेयर जारी गरि चुक्ता पूँजी बृद्धि गर्न सक्ने निर्णय गर्दै सो सम्वन्धी आवश्यक निर्णय गर्न तथा तत् सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चलअचल सम्पत्ति र दायित्व मुल्याङ्कन गर्नका लागि मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक निर्धारण गर्न लगायतका मर्जर तथा प्राप्ति सम्वन्धी अन्य आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गर्यो’, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कम्पनीले भविष्यमा आफ्नो पूँजी मजबुत गर्दै ग्राहकहरुलाई स्तरीय सेवा दिने तथा सेयरधनीलाई अधिकतम प्रतिफल दिने लक्ष्य लिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL