Logo

सगरमाथा इन्स्योरेन्सद्वारा मादी पावरलाई १२ करोड दावी भुक्तानी, सिइओे क्षेत्रीले गरे हस्तान्तरण

सगरमाथा इन्स्योरेन्सद्वारा मादी पावरलाई १२ करोड दावी भुक्तानी, सिइओे क्षेत्रीले गरे हस्तान्तरण



काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा २०७८ मा आएको बाढी पहिरोको कारण भएको क्षति अन्तर्गत दावी वापत मादी पावरलाई १२ करोड ३ लाख ९ हजार ३५२ दावी भूक्तानी गरेको छ ।

उक्त रकम बराबरको चेक मादी पावरका जनरल म्यानेजर वी जुनचाओलाई सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्तान्तरण गरेका छन् ।

सगरमाथा इन्स्योरेन्स कम्पनी दावी भूक्तानीमा संमेदनशिल रही आफ्नो ग्रहाकहरुलाई यथासक्य चाडैं दावी भूक्तानी गर्न प्रयत्नशिल रही आएको छ । सगरमाथा इन्स्योरन्स कम्पपनीले यस आर्थिक बर्षमा एक अर्ब ५३ करोड बराबरको दावी भुक्तानी गरि सकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL