Logo

शुक्रबारबाट संचालनमा आउँदै ‘दि क्याफे वल्र्ड’, भारतमा समेत फ्रेञ्चाइज विस्तार गरिँदै

शुक्रबारबाट संचालनमा आउँदै ‘दि क्याफे वल्र्ड’, भारतमा समेत फ्रेञ्चाइज विस्तार गरिँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौंको गैरी धारामा शुक्रबारबाट ‘दि क्याफे वल्र्ड’ संचालनमा आउने भएको छ । कफीदेखि मरिदासम्मका पारखीलाई लक्षित गरी क्याफे संचालन गर्न लागिएको दि क्याफे वल्र्डका अध्यक्ष प्रेम राइले बताए । ‘हाल संचालनमा रहेका क्याफेहरुमा कफी तथा स्याण्डह्वीच लगायतका खानेकुरा मात्र पाइन्छ,’ उनले भने, ‘तर, हामीले विभिन्न खालका स्न्याक्स तथा मदिराको समेत व्यवस्था गरेका छौं ।’ विहान तथा दिउँसोको समयमा कफीको आनन्द लिन सक्ने छ भने बेलुका विभिन्न अन्तरराष्ट्रिय ब्राण्डका मदिराको स्वाद लिन सक्नेछन् ।

१ करोडको लगानीमा खुल्न लागेको उक्त क्याफेमा नेपाली विविध परिकारका साथ ग्राहकको रोजाइमा विभिन्न खाना तथा खाजाको स्वाद लिन सकिन्छ । शान्त वातावरणमा रहेको क्याफेमा शहरी सौन्दर्यको अवलोकन गर्दै आनन्द अनुभूति गर्न सकिन्छ । आधुनिक संरचानामा निर्माण गरिएको उक्त क्याफे कर्पोरेट हाउसलाई केन्द्रित गरिएको राईले जानकारी दिए ।

राइका अनुसार दि क्याफे वल्र्डलाई ‘लिकर वल्र्ड’को एशोसियट कम्पनीको रुपमा संचालन गरिने छ । भारतको लिकर वल्र्डको फ्रेञ्चाइज मोडलमा २ वर्ष अघि नेपालमा भित्रिएको सो लिकरल वल्र्डले क्याफे संचालन गर्न लागेको हो । उक्त क्याफे वल्र्डलाई चालू आर्थिक वर्षभित्रै भारतमा पनि फ्रेञ्चाइज मोडलमा संचालन गर्न लागिएको राई बताउँछन् । भारतको पञ्जाव र दिल्लीमा १÷१ वटा क्याफे वल्र्ड संचालनमा ल्याउने तयारी भइरहेको समेत उनले जानकारी दिए । सोको लागि ५ करोड रुपैयाँ भारतीय रुपैयाँ लगानी हुने भएको छ । लिकर वल्र्डमा नेपालका प्रेम शेर्पा र भारतका लिफ्तार बजाजको लगानी रहेको छ ।

क्याफेमा १५ जनासम्मका लागि पारिवारीक पार्टी तथा गोष्ठी हल रहेको कम्पनीका प्रबन्धक नयन राईले बताए । पारिवारिक वातावरणमा मनोरञ्जन लिन सकिने उक्त क्याफे सञ्चालमा आएको एक हप्तासम्म विशेष छूटको व्यवस्था गरिएको छ । साथै, लिकर वल्र्डका नियमित ग्राहकलाई छुट्टै विषेश छूटको समेत व्यवस्था गरिएको राईले जानकारी दिए ।

२ वर्ष अघि नेपालमा भित्रिएको लिक वल्र्डले महारजगञ्जमा समेत आफ्नो शाखा विस्तार गरिसकेको छ । निकट भविष्यमा नै जाउलाखेल र बौद्धमा लिकर वल्र्डको शाखा विस्तार गर्ने तयारी भईरहेको समेत प्रबन्धक राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL