Logo

दराजद्वारा नयाँ अभियानको घोषणा, स्थानीय ब्रान्डहरूको प्रवर्द्धनमा मुख्य फोकस

दराजद्वारा नयाँ अभियानको घोषणा, स्थानीय ब्रान्डहरूको प्रवर्द्धनमा मुख्य फोकस



नेपालको अग्रणी अनलाइन बजार दराजले ‘प्राउडली नेपाली – प्रमोटिङ नेपाली ब्रान्ड’ नामक आफ्नो नयाँ अभियान घोषणा गरेको छ । जुन अभियान शुक्रबारदेखि नै सुरु भएको छ । कम्पनिका अनुसार, विगत र वर्तमान नेपाली बजारमा उच्च गुणस्तरका वस्तु तथा सेवाहरू प्रदान गर्दै आएका नेपाली ब्राण्डहरूलाई हाइलाइट र प्रवर्द्धन गर्ने यस अभियानको मुख्य लक्ष्य रहेको छ ।

यो अभियान दराजको मूल मूल्यमान्यता “अपलिफ्टिङ कम्युनिटि थ्रु द पावर अफ कमर्स“ भित्र पर्ने कम्पनीको भनाइ छ । कम्पनीले भनेको छ, ‘आफ्नो प्रत्येक अपरेटिङ क्षेत्रहरूमा स्थानीयकरणमा थप ध्यान केन्द्रित गर्ने कम्पनीको विश्वव्यापी दृष्टिकोणलाई फेब्रुअरीमा नयाँ प्रबन्ध निर्देशक, आँचल कुँवरको अनबोर्डिङसँगै बढावा दिइएको थियो र प्राउडली नेपाली अभियान, त्यो भिजन हासिल गर्नु तर्फ अर्को धक्का हो।’ साथै, कम्पनीले प्राउडली नेपाली एक वान टाईम अभियान मात्र नभई एक दीर्घकालीन परियोजना भएको पनि जनाएको छ।

यसबाहेक, यो अभियानले दराजसँग सम्बन्धित स्थानीय ब्रान्ड र बिक्रेताहरूलाई आफ्नो अनलाइन उपस्थिति बढाउन र आधुनिक डिजिटल युगमा सजिलैसँग व्यापार सञ्चालन गर्न प्रत्यक्ष सहयोग गर्ने प्रयास गर्नेछ । यो अभियान मार्फत दराजले नेपाली ब्रान्डहरूलाई अनलाइनमा आफ्नो उपस्थिति र भिजिबिलिटी बढाउन तथा आफ्नो व्यवसायलाई नयाँ उचाइमा पु¥याउन मद्दत गर्ने आशा राखेको जानकारी दिएको छ।

फुलु, जुआस, सीजी डिजिटल, मन्त्र, गोल्डस्टार, यासुडा र थप जस्ता उत्कृष्ट नेपाली ब्रान्डहरूको साथ, यो अभियानले ग्राहकहरूलाई नेपाली ब्रान्डहरुको बारेमा थप जानकारी दिने अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्
MBL