Logo

पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले घट्दै, पूर्वाधार कर घटाउन सैद्धान्तिक सहमति

पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले घट्दै, पूर्वाधार कर घटाउन सैद्धान्तिक सहमति



काठमाडौं । अब पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले हालसम्म लिँदै आएको करबाट १० रुपैयाँ घटाउने सैद्धान्तिक सहमति गरेसँगै पेट्रोलियम पदार्थको मूल्य घट्ने भएको हो ।

शुक्रबार संघीय संसदको प्रतिनिधि सभा बैठकमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले मन्त्रीपरिषद् बैठकले नै १० रुपैयाँ घटाउने सैद्धान्तिक सहमति गरी अर्थमन्त्रालयलाई जिम्मा दिएको बताए । यता अर्थमन्त्रालयले भने पूर्वाधार करवापत ५ रुपैयाँ र भन्सार दरबाट ५ रुपैयाँ घटाउने गरी तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य उच्च रुपमा बढेयता सर्बसाधारणले यसमा लगाइँदै आएको करमा केही कटौती गरेरै भएपनि मूल्य घटाउन माग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL