Logo

प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । बुधबार प्रसाईलाई बीमा समितिले अनुमति दिईए लगत्तै कम्पनीको संचालक समितिले बुधबारैबाट लागू हुने गरी नियुक्त गरेको छ ।

उक्त अवसरमा कम्पनीका अध्यक्ष सुभाष अमात्यबाट सन्तोष प्रसाईले सपथ ग्रहण समेत गरेर पदभारग्रहण समेत गरेका छन् । प्रसाईंको अग्रतामा कम्पनीले नयाँ उचाई लिनेमा संचालक समिति तथा सम्पूर्ण कर्मचारीहरुले विश्वास लिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL