Logo

थाइराइडका बिरामीहरुलाई अल्का अस्पताल छुट, टिएफटी परीक्षण निःशुल्क

थाइराइडका बिरामीहरुलाई अल्का अस्पताल छुट, टिएफटी परीक्षण निःशुल्क



काठमाडौं । थाइराइड भएका बिरामीहरूका लागि ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विश्व थाइराइड दिवसका अवसरमा अल्का अस्पतालले थाइराइड भएका विरामीहरुलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । अल्का अस्पतालको प्राङ्गणमा शुरु भएको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ५० जनाभन्दा बढीलाई सेवा लिन सक्ने अस्पतालले जनाएको छ ।

निःशुल्क स्वास्थ्य शिविरमा थाइराइडका विरामीहरुलाई गरिने परीक्षणहरु मध्ये टिएफटी निशुल्क गरिएको छ भने अन्य ल्याव परीक्षणहरूमा भारी छुट गरिएको अल्का अस्पतालमा प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए ।

शिविरमा आएका बिरामीहरुले १ महिनासम्म फलो अप गरेमा पनि कुनै शुल्क नलिने उनले बताए । शिविर गर्नुअघि थाइराइड दिवसका अवसरमा अल्का अस्पतालले जनचेतनामूलक र्याली निकालेको थियो । अल्का अस्पतालबाट शुरु भएको र्याली पुल्चोक, मंगलबजार, पाटन दरबार स्क्वायर, लगनखेल, कुमारीपाटी हुँदै पुन जावलाखेल आएर सकिएको थियो ।

र्‍यालीको यस अस्पतालका अध्यक्ष कुमार थापा, अपाङ्गता भएका व्यक्ति रमेश नेपालीले रिवन काटेर उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL