Logo

नेपाली बीमा क्षेत्रमा पहिलो पटक मेटलाइफको डिजिटल रेक्रुटमेन्ट सोलुसन

नेपाली बीमा क्षेत्रमा पहिलो पटक मेटलाइफको डिजिटल रेक्रुटमेन्ट सोलुसन



काठमाडौं । मेटलाइफ नेपालले डिजिटल माध्यमबाट बीमा सल्लाहकारहरु भर्ना गर्नका लागि नेपालमै पहिलो पटक मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन प्लेटफर्म शुरु गरिएको छ ।

बीमा सल्लाहकारहरुको छनौट तथा भर्नाका लागि ल्याइएको अभिनव डिजिटल सोलुसनको अनावरण मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले वरिष्ठ अधिकारीहरुसँग कम्पनीको मुख्य कार्यालय काठमाडौंमा सुरु गरेका थिए ।

बीमा अभिकर्ताहरुले अनलाइन नयाँ खाता खोली, आवश्यक कागजातहरु अपलोड गरेर आफ्नो प्रोफाइल बनाउन सक्नुका साथै आफूलाई चाहिने तालिम प्रशिक्षणहरु लिन र इजाजतपत्रहरुका लागि पनि अनलाइन आवेदन दिन सक्ने जनाइएको छ । कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, “यस अनलाइन सोलुसनले नेपालका विभिन्न स्थानहरुबाट कम्पनीलाई नयाँ अभिकताहरु भर्ना गराउन सक्षम पारी देशभरका धेरै ग्राहकहरुमाझ मेटलाइफलको बीमा सुरक्षाका फाइदाहरु पुर्याउन मद्दत गर्ने छ ।”

संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL