Logo

सिजी मेरिडियाको आईओटी इन्भर्टर एसी बजारमा, भ्वाइस कन्ट्रोलमार्फत चलाउन सकिने

सिजी मेरिडियाको आईओटी इन्भर्टर एसी बजारमा, भ्वाइस कन्ट्रोलमार्फत चलाउन सकिने



काठमाडौं । लोकप्रिय उत्पादनहरू मार्फत ग्राहकको मन जित्दै आइरहेको ब्राण्ड सिजी अन्तर्गत ‘सिजी मेरिडिया’को आईओटी इन्भर्टर एसीको बजारमा बिक्री सुरू भएको छ ।

डिस्ट्रिब्युटेड हेल्दी फिल्टर सिस्टम जडित सिजी मेरिडिया आईओटी इन्भर्टर एसी ५६ डिग्रीको उच्च तापक्रममा आफैं सफा र निर्मलिकरण हुने विशेषता राख्दछ । डिजिटल इन्भर्टर जडान भएकाले विद्युत खपतलाई कम गर्दछ भने स्मार्ट कन्ट्रोल अन्तर्गत वाईफाई र एआई भ्वाइस कन्ट्रोल मार्फत यस एसीलाई चलाउन सकिन्छ ।

६० डिग्रीको उच्च परिवेश तापक्रममा अति शीतल र २० डिग्रीको उच्च परिवेश तापक्रममा अति न्यानो बनाउन सक्ने यसको विशेषता रहेको छ । सेल्फ डायग्नोसिस, उच्च क्षमता, पर्यावरणमैत्री आदि विशेषता भएको एसीले लिकेजहरू समेत पत्ता लगाउँने कम्पनीले जानकारी दिएको छ ।

१८ डेसिबलको हावाको गतिका कारण निकै शान्त रहने एसीमा फोटोसेन्सिटिभ सेन्सर जडान भएको छ । गुगल एसिस्टेन्टबाट समेत चलाउन सकिने यस स्मार्ट एसीका लागि एन्ड्रोइड र आइओएस डिभाइस दुवैका लागि सीजी स्मार्ट होम एप पनि डाउनलोड गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL