काठमाडौं । एनएमबि बैंक लिमिटेडले २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । काबेली हाइड्रो पावर कम्पनीद्वारा प्रवद्धित उक्त आयाजनो निर्माणका लागि एनएमबि बैंकको नेतृत्वमा अन्य बैंकहरुले लगानी गरेका हुन् ।
प्रदेश १ अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भईरहेको उक्त आयोजना बनाउन सह—वित्तीय करणमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेड रहेको छ । २१.९३ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत ४ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको छ । जस मध्ये बैकहरुको ऋण लगानी ३ अर्ब २१ करोड ३० लाख रुपैयाँ रहनेछ ।