Logo

नेपाल लाइफको बीमा जनचेतना कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठानबाट सुरु, बीमाको महत्व तथा जागरणमा सहयोगी हुने

नेपाल लाइफको बीमा जनचेतना कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठानबाट सुरु, बीमाको महत्व तथा जागरणमा सहयोगी हुने



काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जूम्री बजार चोकबाट सुरु गरेको छ । सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ ।

सरल र मर्मस्पर्सी सडक नाटक कार्यक्रमले स्थानीय स्तरमा आम नागरिकको घरदैलोमै पुगेर बीमाको महत्व तथा जागरणमा उल्लेखनिय भूमिका निभाउने कम्पनीको विश्वास छ ।

बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको निर्देशन अनुसार बीमाको जनचेतना जागरण गराउन गरिएको कार्यक्रममा स्थानीयको उत्साहजनक उपस्थिति रहेको छ । स्थानीय निकायसँगको समन्वयमा यो कार्यक्रम अगाडि बढाइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL