Logo

लेभ्निङ इलेक्ट्रिक स्कुटरको सोरुम भिजिट गर्दा सलमान खान शो टिकटका साथै इलेक्ट्रिक स्कुटर पाइने

लेभ्निङ इलेक्ट्रिक स्कुटरको सोरुम भिजिट गर्दा सलमान खान शो टिकटका साथै इलेक्ट्रिक स्कुटर पाइने



काठमाडौं । नेपाली बजारमा उपलब्ध प्रसिद्ध चिनियाँ इलेक्ट्रिक स्कुटर लेभ्निङको सोरुम भ्रमण गर्दा समेत सलमान खान शो को टिकट पाउन सकिने भएको छ । त्यसैगरी एक जनाले लेभ्निङ इलेक्ट्रिक स्कुटर समेत पाउने सम्भावना छ । नेपालका लागि लेभ्निङ इलेक्ट्रिक स्कुटरको आधिारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले यो स्किम ल्याएको हो ।

यस अनुसार लेभ्निङका कुनै पनि सोरुम भिजिट गर्दा लक्की ड्रमार्फत २ वटा सलमान खान शोको टिकट पाउन सकिने छ भने बम्परमा एक जनाले सो इलेक्ट्रिक स्कुटर पाउने छन् । सोरुममा गएर ग्राहकले स्कुटर टेस्ट राइड गर्नुका साथै एउटा फारम भर्नु पर्नेछ ।

आगामी मे २८ अर्थात जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने ‘टुबोर्ग द–बङ द टुर – रिलोडेड’ नामक सलमान खान शोलाई लक्ष्यित गरी यो स्किम ल्याएको बताइएको छ । नेपाली बजारमा लेभ्निङका विभिन्न मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । बज्र ग्रुपले नेपाली बजारमा ३० वर्ष भन्दा लामो समय देखि सेवा प्रदान गर्दै आएको छ ।

लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरणका लागि यसका देशभर ५ सय भन्दा बढी दक्ष कर्मचारीहरुको समूह छ । १० भन्दा बढी डिलर र ७ भन्दा बढी सर्भिस प्वाइन्टमार्फत यसले सेवा प्रदान गरिरहेको छ ।

चीनको सांघाईदेखि १६० किलोमिटर टाढा रहेको जियाङसु प्रान्तको चाङझाउ सहरमा अवस्थित लेभ्निङ ई–बाइकको स्थापना सन् १९९९ मा भएको थियो । लेभ्निङ ई–बाइकले नै लेभ्निङ कम्पनीको स्थापना गरेको थियो । यो चीनको तेस्रो सबैभन्दा ठूलो ईभी उत्पादक कम्पनी हो । यो दुई पांग्रे सवारीका सबै रेन्ज प्रदान गर्ने एक मात्र कम्पनी हो र वार्षिक रुपमा ३० लाख युनिट सवारी साधन उत्पादन गर्छ । त्यसैगरी यो कम्प्पनीका उत्पादन विश्वका ६० भन्दा बढी देशमा निर्यात हुन्छन् र यसरी निर्यात गर्ने दोस्रो ठूलो कम्पनी हो ।

ग्राहक सन्तुष्टिको आधारमा यो कम्पनीले पहिलो स्थान हासिल गरेको छ र जेडी पावरद्वारा यसका लागि ४ पटक पुरस्कृत भइसकेको छ । चीनमा यो कम्पनीका ५ हजार भन्दा बढी आउटलेट संचालित छन् । नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् ।

यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म छ । काठमाडौं उपत्यकाको नक्साल, भैसेपाटी र बाफल, पाटनका साथै उपत्यका वाहिर धनगढी ,पाल्पा , पोखरा साथै नेपाल को द्दण् ओटा नया सहर मा चाडै नया शोरुम संचालनमा आउदै छ ।

प्रतिक्रिया दिनुहोस्