Logo

हिमालय एअरलाइन्स्द्वारा प्रयास नेपाललाई वर्षभरीको शैक्षिक सामग्री प्रदान

हिमालय एअरलाइन्स्द्वारा प्रयास नेपाललाई वर्षभरीको शैक्षिक सामग्री प्रदान



काठमाडौं । नेपालको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्स्ले लगातार छैटौं वर्ष प्रयास नेपालका बाल-बालिकालाई वर्षभरीको शैक्षिक सामाग्रीसहित आफ्नो सहयोग प्रदान गरेको छ। नयाँ शैक्षिक सत्रको प्रारम्भसँगै यस संस्थाका निम्ति यो अत्यन्तै प्रतिक्षित अनुदान थियो ।

सन् २०१७ देखि हिमालय एअरलाइन्स्को संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको प्रयास नेपाल एक गैर-सरकारी, गैर-नाफामूलक र सामाजिक संस्था हो। विगतका वर्षहरुमा आवश्यक शैक्षिक सामाग्री, खाजारनास्ता, खाद्यान्नहरूका साथै कोभिड-१९ विरुद्धका सामाग्रीहरुको आपूर्तिमार्फत हिमालय एअरलाइन्स् ले निरन्तर सहयोग गर्दै आएको छ।

सन् २०२२ को मे १ मा आफ्नो स्थापनाको १९ औं वर्षमा प्रवेश गरेको प्रयास नेपालले विभिन्न सशक्तिकरण कार्यक्रमहरू मार्फत धेरैको जीवनमा सकारात्मक प्रभाव छोडेको छ। हाल प्रयास नेपालले २६ जना कलिला र जोसिला बाल-बालिकाको रेखदेख गरिरहेको छ। यी बाल(बालिकाले आफ्नो दृष्टिकोण र उद्देश्यलाई उच्चस्तरमा पुर्याएर संस्थाको नेतृत्व सम्हाल्ने प्रयास नेपालले सुनिश्चित गरेको छ । आजसम्म यी बाल-बालिकाहरूले आफ्नो सीपलाई निखार्दै विभिन्न क्षेत्रहरूमा आफ्नो असाधारण प्रतिभा प्रदर्शनका साथ प्रस्तुत भएका छन। जसमध्ये कतिपय त थप अध्ययनका लागि विदेश समेत गएका छन् ।

बाल(बालिकामा उड्डयन उद्योग, पेशा र व्यावसायिक पाठ्यक्रमहरू आदि बारे चेतना जगाउने उद्देश्यका साथ यस वर्ष हिमालयले बालबालिकाका लागि अनुभव आदान-प्रदान गर्न एक विशेष शैक्षिक सत्रको आयोजना गरेको थियो । यसक्रममा हिमालय एअरलाइन्स् का जहाजका अनुभवी चालकदलले बाल-बालिकासँग अन्तरक्रिया गरेका थिए । उक्त सत्रको उद्देश्य यी बालबालिकाहरुमा उड्डयन उद्योगबारे ज्ञानको दायरा बढाउनुका साथै नेपालको उड्डयन क्षेत्रमा रहेका विभिन्न पाठ्यक्रम र पेशाका अवसरहरु बारे जानकारी गराउने थियो । कार्यक्रममा बाल(बालिकाहरुले गहिरो चासो र उत्साहका साथ सहभागिता जनाएका थिए।

शैक्षिक सामाग्रीमा विभिन्न कक्षाका लागि शैक्षिक पाठ्यक्रमका पुस्तक, नोटबुक, रजिष्टर र क्यालकुलेटर, ज्यामिति बक्स, कलमलगायत स्टेशनरी सामाग्रीहरु समेटिएका थिए । एअरलाइन्स् को तर्फबाट शैक्षिक सामाग्री हस्तान्तरण गर्दै ब्रान्ड विभाग प्रमुख श्रीमती उज्ज्वला दलीले भने-“हाम्रा प्रमुख संस्थागत सामाजिक उत्तरदायित्वमध्ये समाज सेवा पनि एक हो । प्रयास नेपालसँगको हाम्रो छ वर्ष लामो सहकार्यले हाम्रो उत्तरदायित्व पुष्टि गरेको छ । यो विशेष सहकार्य हरेक वर्ष अझ बलियो बन्दै गएको छ। प्रयास नेपालको १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा हामी प्रयास नेपालका सम्पूर्ण टोली र बाल-बालिकाहरूलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं। विशेषत, हामी अत्यन्तै खुशी छौं किनभने हामीले यस वर्ष युवा पुस्तालाई प्रेरित गर्ने र उनीहरूको भविष्य निर्माणका निम्ति असीमित सम्भावनाहरू खोज्न मद्दत गर्ने उद्देश्यका साथ हाम्रा नियमित सहयोग वाहेक आफ्ना ज्ञान र सीपहरु आदान प्रदान गर्ने शैक्षिक कार्यक्रमको आयोजना गर्ने प्रयास गर्न पायौं ।’ सहयोग सामाग्रीहरुको हस्तान्तरण काठमाडौँमा एक विशेष कार्यक्रमका बीच वैशाख २७ गते सम्पन्न भएको हो ।

सहयोग हस्तान्तरणको क्रममा प्रयास नेपालकी अध्यक्ष सुश्री मणी जोशीले आवश्यक शैक्षिक सामाग्री समयमै उपलब्ध गराएकोमा कृतज्ञता व्यक्त गर्दै हिमालय टोलीले सञ्चालन गरेका शैक्षिक कार्यक्रमहरू निकै जानकारीमूलक भएको र तीनले बाल(बालिकाका लागि अत्यावश्यक र रमाइलो सिकाइ गतिविधि प्रदान गरेको बताए । ‘विगत केही वर्षदेखि हाम्रा साथमा रहनुभएकोमा हिमालय परिवारलाई विशेष धन्यवाद दिदै आगामी वर्षहरूमा हिमालय एअरलाइन्स् लाई ठूलो सफलताको कामना गर्दछौं’, उनले थपे ।

प्रतिक्रिया दिनुहोस्
MBL