Logo

बुटवलमा डिशहोम फाईवरनेटको सोरुम, ग्राहकलाई सहज सेवा प्रदान गर्ने

बुटवलमा डिशहोम फाईवरनेटको सोरुम, ग्राहकलाई सहज सेवा प्रदान गर्ने



काठमाडौं । डिशहोम फाइबरनेटले बुटवलको ट्राफिकचोकमा सहवितरण शोरुम सञ्चालनमा ल्याएको छ । नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले सञ्चालन गर्नेगरी सोमबारदेखि उक्त शोरुम सञ्चालनमा आएको हो ।

डिशहोमका एरिया सेल्स म्यानेजर प्रदिप सुवेदी र सेल्स अफिसर बिनोद सुवेदी र नेपाल डिटिएच लिंकका प्रोपाइटर राजकुमार सेनको उपस्थितिमा एरिया सेल्स म्यानेजर प्रदिप सुवेदीले रिवन काटेर शोरुमको समुदघाटन गरे ।

कार्यक्रममा बोल्दै सेल्स म्यानेजर सुवेदीले ६ महिनाको छोटो अवधिमा नै यस क्षेत्रमा डिशहोमको फाइबर नेट प्रयोगकर्ता ८ हजार भन्दा बढी सन्तुष्ट ग्राहक रहेको र डिशहोम फाइबर नेटप्रति ग्राहकको बढ्दो आकर्षण रहेको बताए ।

धेरै ग्राहकमाझ पुग्न नयाँ शोरुमले मद्दत गर्ने नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायसका सञ्चालक बिबेक गुप्ताले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL