Logo

कोकाकोलाले मनायो १३६ औं वार्षिकोत्सव, नेपालमा ५ दशकदेखि उत्पादन

कोकाकोलाले मनायो १३६ औं वार्षिकोत्सव, नेपालमा ५ दशकदेखि उत्पादन



काठमाडौं । कोका–कोला कम्पनीले १३६ औं वार्षिकोत्सव मनाएको छ । आइतबार सो कम्पनीले आफ्नो १३६ औं वार्षिकोत्सव मनाएको हो ।

८ मे १८८६ माजर्जियाको डाउनटाउन एटलान्टास्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोका–कोला कम्पनी र यो उत्पादनका परिकल्पना एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले गरेका थिए । आज यो पेय पदार्थ करोडौँ मानिसहरुको प्रिय भएको छ ।

कोका–कोला, कोका–कोला जेरो सुगर, फ्यान्टा, स्प्राइट र किन्ले लगायतका पेय पदार्थहरू उत्पादन गर्दै आएको कोका–कोलाले नेपालमा करिब ५ दशक अघि बालाजुको (बोटलर्स नेपाल लिमिटेड) र भरतपुरको (बोटलर्स नेपाल तराई लिमिटेड) मा दुई प्लान्ट स्थापना गरी आफ्नो व्यवसाय सन्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL