काठमाडौं। पशुपति ट्रेडलिंक प्रालिले डिजोु ब्राण्डको नयाँ स्मार्टवाच बजारमा सार्वजनिक गरेको छ। नेपालका लागि डिजो ब्राण्डको एक मात्र आधिकारीक आयातकर्ता तथा बितरक कम्पनीले नेपाली बजारमा रियलमी डिजो वाच प्रो स्मार्टवाच लन्च गरेको छ।
रियलमी टेक लाइफ इकोसिस्टमको पहिलो ब्राण्ड रहेको डिजोले नेपाली ग्राहकहरुलाई ध्यानमा राखेर नयाँ स्मार्टवाच ल्याएको हो। डिजो वाच प्रोमा प्रिमियम मापदण्डसहितका फिचरहरु राखिएको छ । जसमा इनबिल्ट जीपीएस रहेको छ। जीपीएस प्लस ग्लोनास रहेको र विभिन्न सेन्सरहरु राखिएको हुँदा तपाईँले गर्ने हरेक फिटनेट कार्यको ट्र्याक स्याटेलाइटमार्फत गर्न सक्दछ ।
मर्निङ्ग वाक गर्दा हिँडेको बाटो, गतिविधि, स्पीड, एक्सरसाइज लगायतका डाटाहरु स्याटेलाइटको माध्यमबाट ट्र्याक गर्न सक्दछ। यसले गर्दा तपाईँको कुनैपनि फिटनेस गतिविधिको हरेक डाटाहरु तथा जानकारी स्मार्टवाचमा रहने कम्पनीले दावी गरेको छ।
स्मार्टवाचमा ९० ओटा फरक फरक स्पोर्टस मोड राखिएको छ जसले विभिन्न स्पोर्टस कार्य गर्दा त्यसैअनुसार डाटा लिन सकिन्छ। डिजो वाच प्रोको सबैभन्दा विशेष फिचर भनेको यसले ब्लडअक्सिजनको सहि लेभल मापन गर्दछ भने हर्टरेट समेत मनिटर गर्दछ। जसले स्वास्थ्यको उच्चतम ख्याल राख्न सहयोग पुग्नेछ।
एक पटक चार्ज गर्दा १४ दिनसम्म चलाउन सकिने डिजो वाच प्रो मा आफूलाई मनपर्ने १०० भन्दा धेरै कस्टम वाचफेस र वालपेपरहरु छनोट गर्न सकिनेछ। स्वास्थ्य र फिटनेसको हेरचाह गर्नुका साथै डिजो वाच प्रोले मनोरन्जनका लागि समेत सहयोग गर्ने छ ।
यसबाट नै सिधै आफ्नो स्मार्टफोनमा म्यूजिक र क्यामरा कन्ट्रोल गर्न सक्नेछ भने कल रिसिभ गर्ने सुबिधा समेत रहेको छ। त्यसैगरी फोन पत्ता लगाउनका लागि फाइन्डमाई फोन फिचर समेत रहेको छ जसले फोन हराउने वा बिर्सने चिन्तालाई समेत समाप्त गर्ने कम्पनीले जनाएको छ ।
आईपी ६८ वाटर रेसिस्टेन्ट प्रमाणित रहेको यो स्मार्टवाचमा पानी पर्दा समेत कुनै डर हुनेछैन्। रियलमी डिजो वाच प्रो स्मार्टवाचमा १.७५ इन्चको ३२०ह३८५ पिक्सेलको टिएफटी एलसिडी डिस्प्ले रहेको छ भने ३९० एमएएचको ठूलो ब्याट्री प्याक राखिएको छ।
यो स्मार्टवाच नेपालका अनलाइन तथा अफलाइन बजारहरुमा देशभर उपलब्ध रहेको छ। कम्पनीले यसको बजार मूल्य ७,९९० रुपैयाँ तोकेको छ। ब्ल्याक र स्पेस ब्लू कलर अप्सनमा उपलब्ध रहेको डिजो वाच प्रोमा १ वर्षको वारेन्टी सुबिधा तोकिएको कम्पनीले जनाएको छ।