Logo

चैत मसान्तसम्म २३२ उद्योग दर्ता, २ खर्ब ६६ अर्बको लगानी प्रस्ताव

चैत मसान्तसम्म २३२ उद्योग दर्ता, २ खर्ब ६६ अर्बको लगानी प्रस्ताव



काठमाडौं । चालु आर्थिक बर्षको चैत मसान्तसम्म २ सय ३२ उद्योग दर्ता भएका छन् । गत आवको सोही अवधिमा १ सय ६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए । हालसम्म ८ हजार ६ सय ८७ उद्योग दर्ता भएको उद्योग विभागले जानकारी दिएको छ । आव २०७८/७९ को ९ महिनाको अवधिमा ६७ ठूला, ८२ मझौला र ८३ साना उद्योग दर्ता भएका हुन् ।

गत आवको सोही अवधिमा ३३ ठूला, ४० मझौला र ९६ साना उद्योग दर्ता भएका थिए । विभागका अनुसार हालसम्म एक हजार २ सय ८१ ठूला, १ हजार ९ सय ९१ मझौला र ५ हजार ४ सय १५ साना उद्योग दर्ता भएका विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।

औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार १५ करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई साना, १५ देखि ५० करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई मझौला र ५० करोडभन्दा बढी स्थिर पूँजी भएका उद्योगलाई ठूला उद्योग मानिन्छ । चालू आवको तेस्रो त्रैमाससम्म २ सय ३२ उद्योगमा २ खर्ब ६६ अर्ब लगानी प्रस्ताव भएका छन् ।

गत आवमा प्रस्तावित लगानी १ खर्ब ३९ अर्ब थियो । हालसम्म २५ खर्ब ५० अर्बको लगानी प्रस्ताव भएका छन् । चैत मसान्तसम्म २३ वटा डिजाइन, २ हजार ३ सय ५६ ट्रेडमार्क दर्ता गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL