Logo

प्रभु लाइफ इन्स्योरेन्सको सिइओमा प्रसाईं नियुक्त, बीमा क्षेत्रमा लामो अनुभव

प्रभु लाइफ इन्स्योरेन्सको सिइओमा प्रसाईं नियुक्त, बीमा क्षेत्रमा लामो अनुभव



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सन्तोष प्रसाईंलाई नियुक्त गरेको छ ।

कम्पनीको बैशाख २२ गते बसेको सञ्चालक समितिको १२४ औंँ बैठकले आगामी चार वर्षका लागि प्रसाईलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

चार्टर्ड एकाउन्टेन्टसमेत रहेका प्रसाईँले बिमा समितिको जागीर छोडेर नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतसम्मको पदमा काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL