Logo

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्जरमा जाने, सम्झौतामा हस्ताक्षर

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्जरमा जाने, सम्झौतामा हस्ताक्षर



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर हुने भएको छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्बबाट साढे २ अर्ब पुर्याउनु पर्ने व्यवस्था गरेपछि चुक्ता पूँजी पुर्याउन यी दुई बीमा कम्पनी गाभिने भएका हुन् ।

यी दुई संस्था मर्जरमा जान बिहीबार एक कार्यक्रममा बीच सम्झौता भएको छ । सम्झौता पत्रमा दुवै संस्थाका अध्यक्षले हस्ताक्षर गरेका छन् ।

हाल हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड र एभरेष्ट इन्स्यारेन्सको १ अर्ब २५ करोड छ ।

हिमालयनको एक कित्ता सेयर बराबर एभरेष्टको पनि १ कित्ता सेयर नै हुने गरी ९१ः१०को अनुपातमा यी दुई कम्पनी मर्जरमा जाने भएको बताइएको छ । मर्जरपपिछ बन्ने कम्पनीको चुक्ता पूँजी २ अर्ब ४२ करोड पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL