Logo

ज्योति लाइफ इन्स्योरेन्सको बुटवलमा प्रादेशिक कार्यालय उद्घाटन

ज्योति लाइफ इन्स्योरेन्सको बुटवलमा प्रादेशिक कार्यालय उद्घाटन



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले रुपन्देहीको बुटवलमा प्रादेशिक कार्यालय उद्घाटन भएको छ । नवनिर्मित कार्यालयको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सोमबार बुटवलमा आयोजित एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।

कार्यालयको पुरानो संरचना परिवर्तन गरी प्रादेशिक कार्यालयबाट प्रवाह हुने सेवालाई अझ बढी व्यवस्थित र ग्राहक तथा अभिकर्ता मैत्री कार्यालय बनाइ लुम्बिनी प्रदेशस्थित सम्पुर्ण शाखा तथा उपशाखा कार्यालयहरुलाई अनुगमन तथा व्यवस्थापनमा थप प्रभावकारी बनाउन यस अघिको संरचना परिवर्तन गरी तालिम हल, अभिकर्ताहरुको कार्यकक्ष, बैठक कक्षलगायतका भौतिक पुर्वाधार थप गरिएको कम्पनीको भनाइ छ ।

उक्त कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका अध्यक्ष नन्दकिशोर शर्मा, प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री, उच्च व्यवस्थापनका कर्मचारी, प्रदेश प्रमुख, सञ्चार क्षेत्रका प्रतिनिधि, बुटवल क्षेत्रका बीमित, वरिष्ठ एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर लगायत अन्य अभिकर्ता तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL