Logo

साथीमार्टको १०० औं शाखा सञ्चालन, ललितपुरको सानेपा खरिबोटमा संचालनमा

साथीमार्टको १०० औं शाखा सञ्चालन, ललितपुरको सानेपा खरिबोटमा संचालनमा



काठमाडौं । विस २०७७ भदौ ३० गते बौद्धमा पहिलो आउटलेट खोलेर चेन स्टोर सुरू गरेको नेपालकै ‘फास्टेस्ट ग्रोइङ रिटेल चेन’ साथीमार्टले नेपालको इतिहासमै पहिलोपटक सयौ आउटलेट सुरु गरेको छ ।

मंगलबारदेखि सुरु भएको आउटलेटको साथीमार्टका ब्रान्ड एम्बेस्डर एवं महानायक राजेश हमालले उद्घाटन गरेका छन् । ललितपुरको सानेपा खरिबोटमा सन्चालनमा ल्याएको सयौं आउटलेट फ्रेन्चाइज नभई कम्पनीको स्वामित्व अन्तर्गत सुरु गरिएको साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए ।

आउटलेटमा ग्रोसरी, इलेक्ट्रोनिक, कस्मेटिक, होमकेयर, बेबीकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन् । साथीमार्टले आगामी आर्थिक वर्षमा अझ आक्रामक रुपमा आफ्नो ब्यापार बिस्तार गर्न साथी पार्टनस कम्पनी समेत घोषणा गरेको छ । यो एक इन्भेस्टमेन्ट कम्पनी हो जसले नयाँ फ्रेन्चाइज पार्टनरहरुको लगानीमा आफ्नो केहि प्रतिशत स्वामित्व राख्दछ र पार्टनसहरु लाई अझ प्रोत्साहन गर्दछ ।

साथीमार्टले रिटेल चेन स्टोरको अपरेसन, अनलाइन सपिङ, एफिलिएट मार्केटिङ, स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनहरुको वितरणमा आइएसओ स्ट्यान्डर्ड प्राप्त गरेको छ। तीन वर्षभित्र १० लाखभन्दा बढी युवालाई साथी स्टार्टअप योजना अन्तर्गत स्वरोजगार बनाउने तथा नेपाली उत्पादनलाई निर्यात समेत गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्