Logo

यूनाइटेड इन्स्योरेन्सलाई ‘बेस्ट जनरल इन्स्योरेन्स कम्पनी’ को अवार्ड

यूनाइटेड इन्स्योरेन्सलाई ‘बेस्ट जनरल इन्स्योरेन्स कम्पनी’ को अवार्ड



काठमाडौं । युनाइटेड इन्सुरेन्सले तेस्रो एमर्जीङ एसिया इन्सुरेन्स कन्क्लेभ एण्ड अवार्ड्स- २०२१ मा नेपालबाट बेस्ट जनरल इन्सुरेन्स कम्पनी अवार्ड अफ द इयर जित्न सफल भएको छ ।भारतको कोलकत्तामा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको एसिया स्तरको तेस्रो एमर्जीङ एसिया इन्सुरेन्स कन्क्लेभ एण्ड अवार्ड्स- २०२१ मा यूनाइटेड इन्स्योरेन्स सम्मानित भएको हो ।

सो अवार्ड कम्पनीको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले बुझेकी थिइन् । विश्व विख्यात प्राप्त चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पिडब्लुसीले स्वतन्त्र रुपमा मूल्यांकन गर्दा विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादन गर्न तथा निर्जीवन बीमा क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल यूनाइटेड इन्स्योरेन्सले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो ।

कम्पनी संचालनको २८औं वर्षमा कम्पनीले २०२०-२१ मा पहिलो पटक १ अर्ब क्लबमा आफूलाई सामेल गराउन सफल भएको थियो । कम्पनीलाई सफलताको दिशामा अग्रसर गराउन सफल प्रमुख कार्यकारी अधिकृत पौडेलले इन्डियन चेम्बर अफ कमर्सलाई धन्यवाद दिदै उक्त सफलता हात पार्नका लागी साथ दिने कम्पनीको संचालक समितिका अध्यक्ष, संचालक समिति, शेयरधनी महानुभावहरु, ग्राहक महानुभावहरु, नियामक निकाय बीमा समिति तथा कोभिडको समयमा समेत अहोरात्र मिहिनेत गर्ने आफ्ना कर्मचारी तथा सञ्चार जगत लगायत सबैमा कृतज्ञतासहित हार्दिक धन्यवाद ज्ञापन गदै आगामी दिनहरुमा समेत सबैबाट साथ र सहयोग प्राप्त गर्ने आशा तथा विश्वास व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL