Logo

आईएमएस ग्रुपले मनायो ३०औं वार्षिकोत्सव, मल्होत्रा भन्छन-यो हाम्रो विगत तीन दशकको स्मरणीय यात्राको उत्सव हो

आईएमएस ग्रुपले मनायो ३०औं वार्षिकोत्सव, मल्होत्रा भन्छन-यो हाम्रो विगत तीन दशकको स्मरणीय यात्राको उत्सव हो



काठमाडौं । सन् १९९३ मा स्थापना भएको आईएमएस ग्रुपले ३० अप्रिल २०२२ मा आफ्नो ३० औं वार्षिकोत्सव गर्वका साथ मनाएको छ। आईएमएस ग्रुप नेपालको नम्बर १ मोबाइल ब्रान्ड(सामसुङ स्मार्टफोन र कोरियाली लक्जरी ब्रान्ड साङ्योङ मोटर्सको राष्ट्रिय वितरक हो । यसका साथै फिनटेक, ईकमर्स, बेबी केयर, कृषि, आतिथ्य, बैंकिङ र बीमा, शिक्षा, घरजग्गा आदि जस्ता धेरै उद्योगहरूमा यसको संलग्नता छ।

सोल्टी होटल काठमाडौंमा सम्पन्न भएको उक्त समारोहमा,आईएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा, कम्पनी निर्देशक विमल सावर्थिया, आईएमएस समूहका अध्यक्ष र सीईओ दिकेश मल्होत्राको साथमा नेपालभरका ३०० बढी कर्मचारीहरू उपस्थित थिए । समारोहमा मल्होत्रा र सावर्थिया परिवारका सदस्यहरूका साथै केही अन्य बिशेस पाहुनाहरू पनि उपस्थित भएका थिए ।

समारोहमा विभिन्न ट्यालेन्ट शो र क्विज लगायत अन्य रमाइला गतिविधिहरु संलग्न थिए जहाँ वर्षका उत्कृष्ट कर्मचारीलाई बिभिन्न अवार्डहरुबाट सम्मानित गरिएको थियो। यस उपलक्ष्यम, कम्पनीका अध्यक्ष दीपक मल्होत्रा भन्छन, ‘यो हाम्रो विगत तीन दशकको स्मरणीय यात्रा को उत्सव हो । हामी यहासम्म आइपुग्नुमा हाम्रा प्रत्येक सदस्यहरुको उत्तिकै योगदान छ। म सम्पूर्ण आइएमएस परिवारलाई उनीहरूको निरन्तर प्रयास, कडा परिश्रम, समर्पण र समर्थनको लागि धन्यवाद दिन चाहन्छु। म उत्साहका साथ भविष्यलाई हेर्छु र विश्वास गर्छु कि यो साथ र सहकार्य आगामी धेरै वर्षसम्म कायम रहनेछ।’

आजको दिनसम्म आइपुग्दा आईएमएस ग्रुप संस्थापकहरूको उद्यमशीलताको भावनाद्वारा संचालित रहेको र जसले कम्पनीलाई निरन्तर नयाँ आयामहरू थप्न र द्रुत गतिमा विस्तार गर्न सक्षम बनाएको छ । आईएमएस ग्रुप विगत तीस वर्षमा बढ्दै गएको र विविधीकरण भएको छ। आईएमएस ग्रुपको ब्यानरमा रहेका कम्पनीहरूको संख्याबाट यो वृद्धि स्पष्ट रूपमा देख्न सकिने ग्रुपले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL